बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?

मङ्गलबार, २९ फागुन २०८०, ०६ : ०३
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार देशभरको मौसम सामान्य रहे पनि बिहीबार भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको  पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप