बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

काठमाडौँको तारे भिरमा हत्या गरेर गाडेको अवस्थामा किशोरीको शव फेला

बुधबार, ३० फागुन २०८०, ११ : ३४
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव भेटिएको छ । १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।  

फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छन् । मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको छ ।

घरबाट माघ २२ मा  ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको काठमाडौँका एसपी अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप