समाचार
काठमाडौँको तारे भिरमा हत्या गरेर गाडेको अवस्थामा किशोरीको शव फेला
बुधबार, ३० फागुन २०८०, ११ : ३४
काठमाडौँ । काठमाडौँको तारे भिरमा हत्या गरेर पुरेको अवस्थामा किशोरीको शव भेटिएको छ । १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामाको शव तारेभिर क्षेत्रको जंगलबाट उत्खनन् गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
फागुन २५ मा शव उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे अनुसन्धान गरिरहेको छन् । मृतक लामा कक्षा १२ मा पढ्थिन् । हात बाँधेर गाडेको अवस्थामा शव उत्खनन् गरिएको छ ।
घरबाट माघ २२ मा ‘क्याम्पस जान्छु’ भनेर हिँडेकी उनी नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । फागुन २५ मा गोकर्णेश्वर नगरपालिका–३ स्थित तारे भिरबाट शव उत्खनन् गरिएको काठमाडौँका एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण