मुम्बईलाई ४२ औँ पटक रणजी ट्रफीको उपाधि
बिहीबार, ०१ चैत २०८०, १५ : २९
मुम्बई । मुम्बई क्रिकेट टोलीले बिहीबार ४२ औँ पटक रणजी ट्रफीको उपाधि जितेको छ । योसँगै मुम्बईको टोलीले रणजी ट्रफी जित्ने आठ वर्षको खडेरीको अन्त्य गरेको छ ।
मुम्बईले पाँचौं दिन विदर्भलाई १६९ रनले पराजित गरेको हो । फाइनल खेल मुम्बईको वानखेडे स्टेडियममा भएको थियो ।
मुम्बईले विदर्भलाई जीतका लागि ५३८ रनको लक्ष्य दिएको थियो । जवाफमा विदर्भको टोलीले ३ सय ६८ रन मात्रै बनाउन सक्यो । मुम्बईले पहिलो र दोस्रो इनिङ्समा २२४ र ४१८ रन बनाएको थियो । विदर्भको टोलीले पहिलो इनिङ्समा १ सय ५ रन बनाएको थियो ।
मुम्बईका लागि दोस्रो इनिङ्समा मुशीर खानले सर्वाधिक १३६ रन बनाए । विदर्भका लागि अक्षय वाडकरले दोस्रो इनिङ्समा सर्वाधिक १०२ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण