मुम्बईलाई ४२ औँ पटक रणजी ट्रफीको उपाधि
बिहीबार, ०१ चैत २०८०, १५ : २९

मुम्बई । मुम्बई क्रिकेट टोलीले बिहीबार ४२ औँ पटक रणजी ट्रफीको उपाधि जितेको छ । योसँगै मुम्बईको टोलीले रणजी ट्रफी जित्ने आठ वर्षको खडेरीको अन्त्य गरेको छ ।
मुम्बईले पाँचौं दिन विदर्भलाई १६९ रनले पराजित गरेको हो । फाइनल खेल मुम्बईको वानखेडे स्टेडियममा भएको थियो ।
मुम्बईले विदर्भलाई जीतका लागि ५३८ रनको लक्ष्य दिएको थियो । जवाफमा विदर्भको टोलीले ३ सय ६८ रन मात्रै बनाउन सक्यो । मुम्बईले पहिलो र दोस्रो इनिङ्समा २२४ र ४१८ रन बनाएको थियो । विदर्भको टोलीले पहिलो इनिङ्समा १ सय ५ रन बनाएको थियो ।
मुम्बईका लागि दोस्रो इनिङ्समा मुशीर खानले सर्वाधिक १३६ रन बनाए । विदर्भका लागि अक्षय वाडकरले दोस्रो इनिङ्समा सर्वाधिक १०२ रन बनाए ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
-
हाजिर हुन दिलभूषणलाई प्रहरीको सार्वजनिक सूचना, कानुनले के भन्छ ?
-
वसन्त चौधरीको आख्यान ‘देवयानी’ विमोचित
-
हेटौँडाका वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग