आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री दीपिका र निर्देशक दिवाकरलाई पुत्रलाभ

सोमबार, ०५ चैत २०८०, ०७ : १६
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराई आमाबाबु बनेका छन् । आइतबार राति करिब ८ः४५ बजेको समयमा अभिनेत्री प्रसाईंले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् ।

कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमामा उनले शल्यक्रियामार्फत छोरालाई जन्मदिएकी हुन् । आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक भट्टराईले बताए । शल्यक्रियामार्फत बच्चा जन्माएकाले आमा–छोरा नै केही दिनसम्म अस्पतालमा बस्नुपर्ने बताइएको छ ।

दीपिका र दीवारकले ४ वर्ष अघि प्रेम विवाह गरेका थिए । दीपिका फिल्म ‘ऐश्वर्य’बाट अभिनयमा भित्रिएकी हुन् । यही फिल्मको क्रममा उनीहरूको उनको दिवाकरसँग प्रेम टुसाएको थियो । त्यसपछि ‘छक्का पञ्जा ३’, ‘हेल्लो जिन्दगी’ अभिनय गरेकी उनले केही अगाडि ‘मायावी’ छायाङ्कन सकाएकी छन् । गर्भावस्थामै उनले यो फिल्मको छायाङ्कन गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप