अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेस
काठमाडौँ । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन् ।
सम्झौता संसद्मा पेस गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधिहरु प्रयोग गरी सदस्यहरू राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको बताए । उनले यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न सङ्घीय संसद्मा पेस गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०८० वैशाख १९ मा स्वीकृत प्राप्त भएको बताए ।
मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता सङ्घीय संसद् प्रतिनिधि सभा समक्ष प्रस्तुत गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण