सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ओमोडा नेपालकाे 'वेटींग क्यान बी फन' कार्यक्रम सम्पन्न

सोमबार, ०५ चैत २०८०, १५ : ०१
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । ओमोडा नेपालकाे 'वेटींग क्यान बी फन' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार ओमोदा शोरुम उत्तरढोकामा साे कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।  

कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको जनाइएको छ ।

ग्राहकहरूका लागि मनोरञ्जन र अन्तरक्रिया कार्यक्रमको  आयोजना गरिएको थियो । रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । यस्तै बास्केटबल, फुटबल र भिआर अनुभवले उत्साहको थपेको जनाइएको छ ।

अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।

ओमोडा विद्युतीय अटोमोटिभ उद्योग हो । सुरक्षा, नवीनता र ग्राहक सन्तुष्टिको लागि ओमोडा प्रसिद्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप