बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२* को उपनिर्वाचनका लागि २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित)

सोमबार, ०५ चैत २०८०, १६ : ४५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम–२ मा २० दल दर्ता भएका छन् । निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए । 

उनका अनुसार बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएका छन् ।

*यसअघि समाचारमा इलाम-२ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

1122
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप