आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निवर्तमान अर्थमन्त्री महतले भने– ‘बीआरआईमा मैले नै सही गरेको हुँ’

बुधबार, ०७ चैत २०८०, १७ : ०७
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । सरकार फेरबदलको कारक अर्थमन्त्री डा.प्रकाशशरण महत र बीआरआई नै रहेको बहस चलिरहेका बेला निवर्तमान अर्थमन्त्री डा.महतले बीआरआईमा आफैले सही गरेको जिकिर गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै डा.महतले भने, ‘बीआरआईको पनि कुरा आयो । मैले नै सही गरेको हो विदेश मन्त्री हुँदा’ निवर्तमान अर्थमन्त्री डा.महतले भने, ‘बीआरआई चाहिँदै चाहिँदैन भनेको होइन । तर जसरी एडीबी र वर्ल्ड बैंकले सहुलियतपूर्ण ऋण दिन्छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुन्छ । उसैको ठेकदार, उसैको सामान, उसैको कामदार सबै उसैको हुने तर मार्केट रेटमा तिर्ने यो त भएन ।’

आफूले बीआरआई चीनको कन्टेक्समा मात्र नभनेको भन्दै डा.महतले भारतको एक्जिम बैंकले दिने ऋणमा पनि यस्तै व्यवस्था हुनुपर्ने उनले बताए । यस्तै, कोरिया, अमेरिका अन्य सबै देशहरूले दिने आर्थिक सहयोग र लगानीमा पनि यस्तै व्यवस्था हुनुपर्ने उनले बताए । 

सोही अवसरमा निवर्तमान अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय मञ्च तथा फोरममा नेपालले सशक्त र दरिलोसँग आफ्नो भनाइ राख्न सक्नुपर्ने बताए । तर्कपूर्ण, तथ्यपूर्ण र जवाफदेही पूर्ण ढङ्गबाट आफ्नो कुरा राख्न सक्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप