सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२३ वर्षपछि नायकको सिक्वेल बन्दै

बिहीबार, ०८ चैत २०८०, ०९ : ४५
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ । फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ । निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ । फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म सर्वाधिक हेरिएको छ ।

अब भने यो फिल्म निर्माणको २३ वर्षपछि सिक्वेल ‘नायक २’ बन्ने भएको छ । सिद्धार्थ आनन्दले निर्माण गर्ने फिल्मको निर्देशन मिलन लुथ्रियाले गर्नेछन् । उनीहरुले मार्फिक्लस पिक्चरको व्यानरमा यो फिल्म बनाउन लागेका हुन् । उनीहरूको पछिल्लो फिल्म ‘फाइटर’ले विश्वव्यापी रूपमा ३ सय ५० करोडको कलेक्सन गरेको थियो । ‘नायक २’लाई राजनीतिको पृष्ठभूमिमा व्यावसायिक मसलेदार फिल्म बनाउने तयारीमा सिद्धार्थ र मिलन लागेका छन् ।

मिलनले पछिल्लो पटक फिल्म ‘तडप’ निर्माण गरेका थिए । जसमा अहान सेट्टी र तारा सुतरियाको अभिनय थियो । ‘नायक २’का लागि उनीहरुले एक प्लट तयार पारिसकेका छन् । मिलन र रजत अरोराले फिल्मको स्क्रिप्ट लेखेका छन् । यो जोडीले ‘वान्स अपन ए टाइम इन मुम्बई’ र ‘द डर्टी पिक्चर’ लेखेका थिए । उनीहरू दमदार पटकथा र संवाद लेख्न बलिउडमा परिचित छन् ।

‘नायक २’लाई उनीहरू एक्सनपूर्ण फिल्म बनाउने तयारीमा छन् । फिल्ममा उनीहरुले इमोसनलाई पनि स्थान दिनेछन् । फिल्मका लागि ‘ए’ सूचीकृत अभिनेता लिने तयारीमा छन् । फिल्म सन् २०२४ को मध्यतिर फ्लोरमा जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप