बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आआरआरको सिक्वेल बनाउन लागेका हुन् एसएस राजामौलीले ?

बिहीबार, ०८ चैत २०८०, १४ : २७
बिहीबार, ०८ चैत २०८०

नयाँदिल्ली । सन् २०२२ मा रिलिज भएको तेलुगु फिल्म आरआरआर रिलिज भएको ५०० दिनपछि पनि जापानमा चलिरहेको छ । हालै जापानमा यो फिल्म पुनः रिलिज गरिएको थियो । मार्च १८ मा फिल्मको स्पेसल शो थियो । उक्त शो को सारा टिकट सुरु गरिएको एक मिनेटमै बिकेको थियो ।

एसएस राजामौली निर्देशित यस फिल्ममा साउथका दुई स्टार रामचरण र जुनियर एनटीआर कमालले अभिनय गरेका थिए । राजामौली मार्च १८ मा फिल्मको विशेष स्क्रिनिङमा सहभागी भएका थिए  । यही क्रममा एक जना प्रशंसकले फिल्मको सिक्वेलबारे सोधेका थिए । यो प्रश्नको जवाफमा निर्देशकले आरआरआरको दोस्रो पार्ट बन्ने सङ्केत गरेका थिए ।

आरआरआर २ बारे के भने राजामौलीले ?

राजामौलीले यस प्रश्नमा दिएको जवाफ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अरआरआर २ बारे आफूसँग आइडियाहरू धेरै भएको तर यसलाई शेयर गर्न नसक्ने उनको भनाइ थियो । उनी अहिले साउथ स्टार महेश बाबुसँग नयाँ प्रोजेक्ट ‘एसएसएमबी २९’ मा काम गर्दैछन् । फिल्मको स्क्रिप्ट तयार भइसकेको छ । फिल्ममा महेशबाबु मुख्य भूमिकामा रहने बताइएको छ । बाँकी कलाकार र टोलीको टुंगो लाग्न बाँकी छ । फिल्म यही वर्ष जुनमा फ्लोरमा जाने तयारीमा छ ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार महेश बाबुले एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ का लागि धेरै ओटा लुक टेस्ट गर्नुपरेको थियो । रिपोर्टका अनुसार फिल्ममा महेश बाबुको क्यारेक्टरका लागि ८ फरक लुक्स फाइनल गरिएको छ । यो फिल्म हजार करोड भारुमा बनाइँदैछ । उक्त फिल्म भारतीय सिनेमाको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप