आआरआरको सिक्वेल बनाउन लागेका हुन् एसएस राजामौलीले ?
नयाँदिल्ली । सन् २०२२ मा रिलिज भएको तेलुगु फिल्म आरआरआर रिलिज भएको ५०० दिनपछि पनि जापानमा चलिरहेको छ । हालै जापानमा यो फिल्म पुनः रिलिज गरिएको थियो । मार्च १८ मा फिल्मको स्पेसल शो थियो । उक्त शो को सारा टिकट सुरु गरिएको एक मिनेटमै बिकेको थियो ।
एसएस राजामौली निर्देशित यस फिल्ममा साउथका दुई स्टार रामचरण र जुनियर एनटीआर कमालले अभिनय गरेका थिए । राजामौली मार्च १८ मा फिल्मको विशेष स्क्रिनिङमा सहभागी भएका थिए । यही क्रममा एक जना प्रशंसकले फिल्मको सिक्वेलबारे सोधेका थिए । यो प्रश्नको जवाफमा निर्देशकले आरआरआरको दोस्रो पार्ट बन्ने सङ्केत गरेका थिए ।
आरआरआर २ बारे के भने राजामौलीले ?
राजामौलीले यस प्रश्नमा दिएको जवाफ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अरआरआर २ बारे आफूसँग आइडियाहरू धेरै भएको तर यसलाई शेयर गर्न नसक्ने उनको भनाइ थियो । उनी अहिले साउथ स्टार महेश बाबुसँग नयाँ प्रोजेक्ट ‘एसएसएमबी २९’ मा काम गर्दैछन् । फिल्मको स्क्रिप्ट तयार भइसकेको छ । फिल्ममा महेशबाबु मुख्य भूमिकामा रहने बताइएको छ । बाँकी कलाकार र टोलीको टुंगो लाग्न बाँकी छ । फिल्म यही वर्ष जुनमा फ्लोरमा जाने तयारीमा छ ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार महेश बाबुले एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ का लागि धेरै ओटा लुक टेस्ट गर्नुपरेको थियो । रिपोर्टका अनुसार फिल्ममा महेश बाबुको क्यारेक्टरका लागि ८ फरक लुक्स फाइनल गरिएको छ । यो फिल्म हजार करोड भारुमा बनाइँदैछ । उक्त फिल्म भारतीय सिनेमाको अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण