जनचेतना फैलाउन 'राइट टु प्रोटिन रन', करिब ७ हजारको सहभागिता (तस्बिरहरू)
काठमाडौँ । नेपाल भेटेरिनरी सङ्घको आयोजनामा 'राइट टु प्रोटिन रन' आयोजना भएको छ । करिब ७ हजारको सहभागिता रहेको दौडमा ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीले नाम लेखाएका थिए ।
हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौडिएका छन्। पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागीले दर्ता गरेका थिए ।
कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी दर्ता भएका थिए ।
हाफ म्याराथनको पुरुष–महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । पुरुष १० किलोमिटर दौडमा पहिलोदेखि पाँचौँ स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् । कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँले २ हजार ५ सय नगद पुरस्कार राखिएको छ ।
_DwyPXRhlcI.jpg)
बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेस्रो संस्करण हो ।
_zsLj3yyXvZ.jpg)
_1DxTCJluB8.jpg)
_Yu1BUoQ39o.jpg)
_OVNd6NSrpU.jpg)
_8KtclHQHSC.jpg)
_DBG53rmkrT.jpg)
_YmKGvGfV6x.jpg)
_zDk8KswJfl.jpg)
_pLAzHw3nkV.jpg)
_xwoPu97pji.jpg)
_os6E0tfPqU.jpg)
_DdsvN6exrs.jpg)
_S2o66W85F0.jpg)
_daFNCidh12.jpg)
_cIOrF5LSm0.jpg)
_GpuzyczWAj.jpg)
_kwXzTm9Vyg.jpg)
_86gxZirtOs.jpg)
_kUQHhdDAv8.jpg)
_QplRVD3Xen.jpg)
_WlckJbA4Qi.jpg)
_QEPZJA70Zd.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण