आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रतियोगिता

जनचेतना फैलाउन 'राइट टु प्रोटिन रन', करिब ७ हजारको सहभागिता (तस्बिरहरू)

शनिबार, १० चैत २०८०, ०८ : ३७
शनिबार, १० चैत २०८०

काठमाडौँ । नेपाल भेटेरिनरी सङ्घको आयोजनामा 'राइट टु प्रोटिन रन' आयोजना भएको छ । करिब ७ हजारको सहभागिता रहेको दौडमा ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीले नाम लेखाएका थिए । 

हाफ म्याराथनको पुरुषमा १ हजार २ सय ६६ र महिलामा १ सय ८२ खेलाडी दौडिएका छन्। पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १ सय ६६ खेलाडी सहभागीले दर्ता गरेका थिए । 

कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७ सय ९२ र महिला ३ किलोमिटर दौडमा ४ सय ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी दर्ता भएका थिए । 

हाफ म्याराथनको पुरुष–महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन् । पुरुष १० किलोमिटर दौडमा पहिलोदेखि पाँचौँ स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन् । कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँले २ हजार ५ सय नगद पुरस्कार राखिएको छ । 

run (1)

बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन् । उपरोक्त आठै विधाको नगद पुरस्कार कर बाहेकको हो ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेस्रो संस्करण हो ।

run (2)run (4)run (5)run (6)run (7)run (8)run (9)run (10)run (11)run (12)run (13)run (14)run (15)run (16)run (17)run (18)run (19)run (21)run (22)run (23)run (24)run (25)run

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप