एसईईका लागि ७७ हजारभन्दा बढी जनशक्ति परिचालन
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि ७७ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ । चैत १५ गतेदेखि देशभर नै सञ्चालन हुन लागेको एसईईका लागि ७७ हजार ४८५ जना जनशक्ति परिचालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसईईका लागि प्रति केन्द्र १ जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै १५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार १२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ जना निरीक्षक खटाइएको पौडेलले बताए ।
त्यस्तै प्रति १०० विद्यार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ जना परीक्षा सहायक समेत खटाइनेछ । त्यस्तै प्रति ५० विद्यार्थी बराबर एक जना कार्यालय सहयोगी समेत खटाइनेछ । १० हजार ८१ जना कार्यालय सहयोगी खटाइने पौडेलले बताए ।
त्यस्तै प्रति केन्द्र १५ जनाका दरले ३० हजार ९६० जना सुरक्षाकर्मी परिचालन गरिनेछन् । यो वर्ष पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले एसईई दिदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण