सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘टक्सिक’मा यशको नायिका को होलिन् ?

सोमबार, १२ चैत २०८०, १३ : ०१
सोमबार, १२ चैत २०८०

नयाँ दिल्ली । केजीएफबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता यशको शीर्ष भूमिका रहने फिल्म ‘टक्सिक’को यतिबेला निकै चर्चा परिचर्चा भइरहेको छ । यो फिल्म आगामी अप्रिलमा रिलिज हुने बताइएको छ ।

फिल्ममा यशको अपोजिट कुन अभिनेत्रीलाई राखिन्छ भन्नेबारे फ्यानहरूबिच अनुमान चर्को छ । केही भारतीय सञ्चार माध्यमहरूले करीना कपूरको नाम लिइरहेका थिए । केहीले श्रुति हासन, साई पल्लवी र कियारा आडवाणीको सम्भावनाबारे पनि कुरा गरेका थिए । फिल्ममा कुन अभिनेत्रीलाई यशको अपोजिट काष्ट गर्ने भन्नेबारे निर्माताहरूले अहिलेसम्म केही पनि बताएका थिएनन् । तर अब भने उनीहरूले यसबारे मौनता तोडेका छन् ।

फिल्मका निर्माताहरूले मार्च २३ मा सामाजिक सञ्जालमा आधिकारिक पोस्ट सेयर गरेका थिए । ‘टक्सिकमा कास्टिङसँग सम्बन्धित धेरै झुटा थ्योरी र समाचार जताततै फैलिएको छ । टक्सिकबारे मान्छेहरूको उत्साहको हामी साँच्चै कदर गर्छौं । तर यस बिन्दुमा हामी सबैलाई अड्कलबाजीबाट बच्ने अनुरोध गर्दछौँ ।’ पोस्टमा थप लेखिएको छ– फिल्मको कास्टिङ प्रक्रिया लगभग पूरा भएको छ । हामी यो कथा ल्याउने तयारीमा छौं, हामी सबैलाई आधिकारिक घोषणा नभएसम्म पर्खन अनुरोध गर्दछौँ, ’ पोस्टमा भनिएको छ । फिल्मको काष्टिङको सबै प्रक्रिया पूरा हुन लागेकोले आधिकारिक घोषणा नहुँदासम्म प्रतीक्षा गर्न  पनि पोस्टमा अनुरोध गरिएको थियो ।

यसअघि यश ‘केजीएफ २’मा देखिएका थिए । प्रशान्त नीलले निर्देशन गरेको यो फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । यशले डेढ वर्षपछि आफ्नो नयाँ फिल्म ‘टक्सिक’ घोषणा गरेका छन् । फिल्मको कथा गोवाको पृष्ठभूमिमा आधारित हुने अनि केजीएफजस्तै यो पनि पीरियड क्राइम ड्रामा हुने बताइएको छ । ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ थियो । यशले निर्वाह गर्न लागेको पात्रले गोवामा रुसी वर्चस्वलाई कसरी चुनौती दिनेछ भन्ने वरिपरि फिल्म घुम्नेछ । केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैँ पनि निर्माता हुन् । फिल्मको बजेट १०० करोड भारुभन्दा माथि हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप