‘टक्सिक’मा यशको नायिका को होलिन् ?
नयाँ दिल्ली । केजीएफबाट चर्चामा आएका दक्षिण भारतीय अभिनेता यशको शीर्ष भूमिका रहने फिल्म ‘टक्सिक’को यतिबेला निकै चर्चा परिचर्चा भइरहेको छ । यो फिल्म आगामी अप्रिलमा रिलिज हुने बताइएको छ ।
फिल्ममा यशको अपोजिट कुन अभिनेत्रीलाई राखिन्छ भन्नेबारे फ्यानहरूबिच अनुमान चर्को छ । केही भारतीय सञ्चार माध्यमहरूले करीना कपूरको नाम लिइरहेका थिए । केहीले श्रुति हासन, साई पल्लवी र कियारा आडवाणीको सम्भावनाबारे पनि कुरा गरेका थिए । फिल्ममा कुन अभिनेत्रीलाई यशको अपोजिट काष्ट गर्ने भन्नेबारे निर्माताहरूले अहिलेसम्म केही पनि बताएका थिएनन् । तर अब भने उनीहरूले यसबारे मौनता तोडेका छन् ।
फिल्मका निर्माताहरूले मार्च २३ मा सामाजिक सञ्जालमा आधिकारिक पोस्ट सेयर गरेका थिए । ‘टक्सिकमा कास्टिङसँग सम्बन्धित धेरै झुटा थ्योरी र समाचार जताततै फैलिएको छ । टक्सिकबारे मान्छेहरूको उत्साहको हामी साँच्चै कदर गर्छौं । तर यस बिन्दुमा हामी सबैलाई अड्कलबाजीबाट बच्ने अनुरोध गर्दछौँ ।’ पोस्टमा थप लेखिएको छ– फिल्मको कास्टिङ प्रक्रिया लगभग पूरा भएको छ । हामी यो कथा ल्याउने तयारीमा छौं, हामी सबैलाई आधिकारिक घोषणा नभएसम्म पर्खन अनुरोध गर्दछौँ, ’ पोस्टमा भनिएको छ । फिल्मको काष्टिङको सबै प्रक्रिया पूरा हुन लागेकोले आधिकारिक घोषणा नहुँदासम्म प्रतीक्षा गर्न पनि पोस्टमा अनुरोध गरिएको थियो ।
यसअघि यश ‘केजीएफ २’मा देखिएका थिए । प्रशान्त नीलले निर्देशन गरेको यो फिल्मले विश्वभर १२ सय करोडभन्दा बढी कमाएको थियो । यशले डेढ वर्षपछि आफ्नो नयाँ फिल्म ‘टक्सिक’ घोषणा गरेका छन् । फिल्मको कथा गोवाको पृष्ठभूमिमा आधारित हुने अनि केजीएफजस्तै यो पनि पीरियड क्राइम ड्रामा हुने बताइएको छ । ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ थियो । यशले निर्वाह गर्न लागेको पात्रले गोवामा रुसी वर्चस्वलाई कसरी चुनौती दिनेछ भन्ने वरिपरि फिल्म घुम्नेछ । केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैँ पनि निर्माता हुन् । फिल्मको बजेट १०० करोड भारुभन्दा माथि हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण