हेम्जामा चैत २५ देखि आलु महोत्सव, ५० टन आलु बेच्ने लक्ष्य
पोखरा । पोखराको हेम्जामा २५ चैतदेखि आलु महोत्सव हुने भएको छ । हरेक वर्ष विष्णुपादुका क्लबले आलु महोत्सव गर्दै आएको छ । यो वर्ष १२ औँ संस्करणको महोत्सव गर्न लागिएको हो । वैशाख ५ गतेसम्म हुने महोत्सवको लागि मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन भएका छन् ।
महोत्सवले हेम्जाको आलु बजारीकरणमा ठूलो टेवा पुगेको छ । यो वर्ष पनि ५० टन आलु बिक्री हुने अनुमान आयोजकको छ । कृषि पर्यटनसँग महोत्सवलाई जोडेर स्थानीय स्तरमा उत्पादित आलु व्यापार गर्ने उद्देश्य रहेको आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका परिकार प्रदर्शनी हुनेछ । यस्तै माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान सम्बन्धि शिविर पनि राखिएको आयोजकले जनाएको छ ।
हेम्जालाई आलु गाउँको रुपमा पनि चिन्न थालिएको छ । यहाँ खासगरी एमएस ४२ जातको निलो आलुको खेती बढी हुन्छ । सरकारले हेम्जालाई आलु पकेट कार्यक्रम अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
-
विजय मल्लका कृतिहरू
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण