आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कम्पनी छाड्दै बोइङ प्रमुख डेभ कलहाउन

सोमबार, १२ चैत २०८०, २० : ४५
सोमबार, १२ चैत २०८०

वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङका हाकिमले कम्पनी छाड्दै छन् । डेभ कलहाउनले यही वर्षको अन्त्यतिर प्रमुख कार्यकारी अधिकारीको पदबाट राजीनामा दिन लागेका हुन् । 

कम्पनीको सुरक्षा रेकर्डसम्बन्धी सङ्कट गहिरिरहेकै समयमा उनले कम्पनीबाट राजीनामा दिन लागेका हुन् । कम्पनीको व्यावसायिक हवाईजहाज एकाइका प्रमुख पनि तत्कालै सेवानिवृत्त हुन लागेको बताइएको छ । जनवरीमा टेक अफ हुनेबित्तिकै बोइङ ७३७ म्याक्सको आकस्मिक ढोका विमान आकाशमा उडिरहेको समयमा उडेको घटनापछि कम्पनीमाथि दबाब बढेको छ । यो घटनामा कसैलाई पनि चोटपटक लागेन । तर कम्पनीका विमानहरूको सुरक्षा र गुणस्तर नियन्त्रणसम्बन्धी मापदण्ड शंको घेरामा आएका छन् । कलहाउनलाई सन् २०२० को सुरुमा कम्पनीको प्रमुखको भूमिका दिइएको थियो ।

कम्पनीको इतिहासकै सबैभन्दा ठुला घोटलापछि तत्कालीन सीईओ डेनिस मुलेनबर्गले राजीनामा दिएपछि कलहाउनले कम्पनीको बागडोर हातमा लिएका थिए । पाँच महीनाको अन्तरालमा दुई ओटा बोइङ ७३७ म्याक्स उस्तै गरी दुर्घटनामा पर्दा ३४६ जना यात्री र क्रु मेम्बरको मृत्यु भएको थियो । कम्पनीको बागडोर हातमा लिँदा कलहाउनले सुरक्षा मापदण्ड बलियो बनाउने र कम्पनीले बनाएका विमानबारे भत्किएको विश्वास पुनः निर्माण गर्ने वाचा गरेका थिए । तर उनले सो वाचा पूरा गर्न सकेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप