कम्पनी छाड्दै बोइङ प्रमुख डेभ कलहाउन
वाशिङटन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङका हाकिमले कम्पनी छाड्दै छन् । डेभ कलहाउनले यही वर्षको अन्त्यतिर प्रमुख कार्यकारी अधिकारीको पदबाट राजीनामा दिन लागेका हुन् ।
कम्पनीको सुरक्षा रेकर्डसम्बन्धी सङ्कट गहिरिरहेकै समयमा उनले कम्पनीबाट राजीनामा दिन लागेका हुन् । कम्पनीको व्यावसायिक हवाईजहाज एकाइका प्रमुख पनि तत्कालै सेवानिवृत्त हुन लागेको बताइएको छ । जनवरीमा टेक अफ हुनेबित्तिकै बोइङ ७३७ म्याक्सको आकस्मिक ढोका विमान आकाशमा उडिरहेको समयमा उडेको घटनापछि कम्पनीमाथि दबाब बढेको छ । यो घटनामा कसैलाई पनि चोटपटक लागेन । तर कम्पनीका विमानहरूको सुरक्षा र गुणस्तर नियन्त्रणसम्बन्धी मापदण्ड शंको घेरामा आएका छन् । कलहाउनलाई सन् २०२० को सुरुमा कम्पनीको प्रमुखको भूमिका दिइएको थियो ।
कम्पनीको इतिहासकै सबैभन्दा ठुला घोटलापछि तत्कालीन सीईओ डेनिस मुलेनबर्गले राजीनामा दिएपछि कलहाउनले कम्पनीको बागडोर हातमा लिएका थिए । पाँच महीनाको अन्तरालमा दुई ओटा बोइङ ७३७ म्याक्स उस्तै गरी दुर्घटनामा पर्दा ३४६ जना यात्री र क्रु मेम्बरको मृत्यु भएको थियो । कम्पनीको बागडोर हातमा लिँदा कलहाउनले सुरक्षा मापदण्ड बलियो बनाउने र कम्पनीले बनाएका विमानबारे भत्किएको विश्वास पुनः निर्माण गर्ने वाचा गरेका थिए । तर उनले सो वाचा पूरा गर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण