५ सय दरको नक्कली नोटसहित एक जना पक्राउ
मङ्गलबार, १३ चैत २०८०, १३ : ०६

बाँके । कोहलपुर नगरपालिका-१२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिश्वास अधिकारीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला