आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति

बुद्धिमान तामाङले रवि लामिछानेलाई सोधे– गर्न खोजेको के हो ?

बुधबार, १४ चैत २०८०, ११ : ५८
बुधबार, १४ चैत २०८०

काठमाडौँ । राप्रपाका नेता तथा राज्य व्यवस्था समितिका सदस्य बुद्धिमान तामाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई हचुवाका भरमा कसैलाई पक्राउ नगर्न सुझाव दिएका छन् ।

समितिको बुधबार बसेको बैठकमा उनले कृष्णबहादुर महरा पक्राउ प्रकरणलाई उदाहरणमा रुपमा प्रस्तुत गर्दै प्रश्न गरे– गर्न खोजेको चाहिँ के हो ?

तामाङले महरालाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको र स्वास्थ्य अवस्थाका कारण हस्पिटल पठाइएको स्मरण गराए । पछि महरा साधारण तारेखमा छुटेको उल्लेख गर्दै उनले यो प्रकरणमा सञ्चारमाध्यममा पनि विभिन्न कोणबाट समाचार प्रकाशित भएको जिकिर गरे ।

‘नियतवश मान्छे समात्ने, बेइज्जत गर्ने अनि पछि छाड्ने !’ उनले भने, ‘यसरी हचुवाको भरमा काम गर्न भएन ।’ यस्ता कार्यशैली मान्छेलाई बदनाम गर्ने खालको कुरामात्र भएको उनको भनाइ छ ।

उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले फिर्ता लिएको कि सम्बन्धित व्यक्तिले फिर्ता गरेको भन्ने प्रश्न पनि गरे । बालुवाटार जग्गा काण्डमा कसैले जग्गा फिर्ता गरेकै कारण मुद्दा नचलाइएको जिकिर गर्दै उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पनि उस्तै प्रवृत्ति देखिएको बताए । उनले भने, ‘जग्गा फिर्ता गरेकै भरमा छुट पाउने कि नपाउने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप