शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शुभमन गिललाई १२ लाख जरिवाना

बुधबार, १४ चैत २०८०, १३ : ०२
बुधबार, १४ चैत २०८०

नयाँ दिल्ली । आईपीएलको टीम गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ जरिवाना तिराइएको छ । सुस्त ओभर रेटका कारण उनले यो जरिवाना तिर्नु पर्ने भएको हो ।

आईपीएल २०२४ मा दोस्रो खेलमा गुजरात टाइटन्स चेन्नई सुपर किंग्स विरुद्ध मैदानमा उत्रिएको थियो । यो खेलमा गुजरात टाइटन्सले जानाजानी सुस्त गतिमा खेलेको आरोप छ । यही आरोपमा टिमका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना तिराइएको हो ।

इन्डियन प्रिमियर लिगले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको छ । ‘यो टोलीको पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अन्तर्गत उनीहरूलाई न्यूनतम जरिवाना लगाइएको छ ।’ नोटिसमा भनिएको छ ।

मुम्बई इन्डियन्सविरुद्धको पहिलो जितपछि गुजरात टाइटन्सले हार बेहोरेको थियो । मंगलबार टोली चेन्नई सुपर किंग्सविरुद्ध मैदान उत्रिएको थियो । चेन्नई सुपर किंग्सले ६ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

लक्ष्य पछ्याउँदै गुजरात टाइटन्स पिचमा आए पनि टिमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । टिमले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र जोड्न सक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप