महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
मङ्गलबार, १६ असार २०८३, २० : १५
सारांश
- सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गरेको प्रमाणित अभिलेख पेस गर्न आदेश दिएको छ।
- सर्वोच्च अदालतले सन् २०१५ देखि २०२४ सम्मको कँडेलको विदेश आउजाउको सम्पूर्ण विवरण झिकाउन आदेश दिएको हो।
- महान्यायाधिवक्तामा कँडेलको नियुक्तिका लागि सिफारिस गर्ने प्रधानमन्त्रीको निर्णय पनि सर्वोच्चले झिकाएको छ।
काठमाडौँ। सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कँडेलको विदेश गर्दा आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश दिएको हो। सर्वोच्च अदालतले सन् २०१५ देखि २०२४ सम्मको सम्पूर्ण विवरण झिकाउनू भनी आदेश गरेको हो।
त्यसका साथै सर्वोच्च अदालतले कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने भनी २२ चैत, २०८२ मा प्रधानमन्त्रीबाट भएको निर्णय पनि झिकाएको छ। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि परेको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले कँडेलको नेपाल र बेलायत बसाइको सम्पूर्ण विवरण पेस गर्न आदेश दिएको हो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
-
परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण