सरकारले चित्त बुझ्दो जवाफ नदिएको भन्दै कर्णाली प्रदेश सभा अवरूद्ध
सारांश
- प्रमुख प्रतिपक्ष दल नेकपाले आगामी वर्षको बजेटमा चित्त नबुझेको भन्दै कर्णाली प्रदेश सभा बैठक अवरुद्ध पारेको छ।
- सरकारबाट बजेटका कमजोरी सुधारका लागि प्रतिबद्धता नआएको भन्दै प्रतिपक्षले सदनको काम कारबाही अघि बढ्न दिएन।
- प्रतिपक्षको अवरोधपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेकी छन्।
सुर्खेत। कर्णालीमा आगामी वर्षका लागि आएको बजेटमा चित्त नबुझाएको प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सदन अवरुद्ध गरेको छ।
मङ्गलबार बसेको प्रदेश सभा बैठकमा बजेटमा भएका कमजोरी सुधारका लागि सरकारबाट कुनै प्रतिबद्धता नआएको भन्दै प्रतिपक्षले अवरुद्ध गरेको हो।
सुरुमा मुख्यमन्त्री यामलाल कँडेलले बजेटमाथि उठेका सवालको जवाफ दिए । त्यसपछि बिचैमा बोलेका नेकपा प्रमुख सचेतक कृष्णबहादुर जिसीले बजेटमाथिको कमजोरी सुधारमा सरकारले ध्यान नदिएको बताए ।
विगतको प्रतिबद्धता बेगर नेताका नामका प्रतिष्ठानमा बजेट गएको, भवन निर्माणमा सीमा भन्दा कम बजेट विनियोजन गरिएको उनले बताए।
साथै व्यक्तिका नाम आएका योजना, मठमन्दिरमा अस्वाभाविक रूपमा कुल देउताका योजनामा बजेट गएको पनि उनले बताए।
विगतमा गरेका प्रतिबद्धता अनुसार, बजेट नआएको उनले बताए । तर सरकारमा रहेकाबाट सुधारको कुनै प्रतिबद्धता नआएको भन्दै सभाको कामकारबाही अघि नबढाउन उनले आग्रह गरे।
सभामुख नन्दा गुरुङले सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्दा पनि प्रतिपक्षले नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिन्।
प्रतिपक्षले बजेट पारित नहुन दिने रणनीति अपनाएको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण