बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बहुपक्षीय विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग मिलेर काम गर्ने

बुधबार, १४ चैत २०८०, १३ : ४४
बुधबार, १४ चैत २०८०

काठमाडौँ । नेपाल सरकारले ६ वटा बहुपक्षीय विकास बैंकहरू तथा अन्तर्राष्ट्रिय वित्त संस्थाहरूसँग मिलेर विकास लक्ष्यहरू प्राप्तिका लागि काम गर्ने भएको छ । अर्थ मन्त्रालयको साझेदारीमा मार्च २५–२६, २०२४ मा काठमाडौँमा आयोजित दुई दिने ‘एमडीबीएस वितरण समन्वय कार्यशाला’ सम्पन्न गर्दै सिक्स मल्टिलेटरल डेभलपमेन्ट बैंकस् (एमडीबीएस) सहित इनटरनेशनल फाइनान्सियल इन्स्टिच्युट (आईएफआईस्) एजेन्सी फ्रान्सेइस डे डेभलपमेन्ट, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष,ओपेक फन्ड, अन्तर्राष्ट्रिय विकास, र विश्व बैंकबिच साझेदारीको सहमति भएको हो । 

यी साझेदार वित्त संस्थाहरूको सहमतिका आधारमा साझेदार संस्थाहरूको दक्षता अभिवृद्धि गर्न र नेपालको विकास लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्न वितरण प्रक्रिया र अभ्यासहरू मिलाउन मिलेर काम गर्ने सहमति भएको छ । 

‘सबै एमडीबीएस्बीच एक एकीकृत वितरण प्रणालीलाई बढवा दिनाले कोषको बाँडफाँटमा सहजता, परिचालन दक्षता अभिवृद्धि गर्न र विकास परिणामहरू प्राप्त गर्न सरकारलाई समयमै रकम वितरण सुनिश्चित गर्न मद्दत गर्नेछ’ अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले भने ।

खासगरी नेपाल सरकार र एमडीबीएस्बिच मुख्य तीन मुद्दामा भावी सहकार्यका लागि केन्द्रित रहने सहमति भएको छ ।  नेपालको तीन तहको सरकारको संरचनाको लागि कोष प्रवाह, प्रतिवेदन, कानुनी र वितरण व्यवस्था मिलाउने, सरकारमा रहेको प्रशासनिक भार कम गर्न नेपालमा एमडीबी–आईएफआईस्को सञ्चालनमा रिपोर्टिङ टेम्प्लेटहरूलाई मानकीकरण गर्ने र सम्भव भएसम्म एमडीबी–आईएफआईस्सँग देशको प्रणालीलाई सुदृढ र सामजस्यता मिलाउने रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप