माइक्रोसफ्ट विन्डोजको प्रमुख बने पवन दाभुलुरी
बुधबार, १४ चैत २०८०, १४ : २७
क्यालिफोर्निया । आईआईटी मद्रासका पूर्व विद्यार्थी पवन दाभुलुरी माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुख बनेका छन् । ठुला प्रविधि कम्पनीको नेतृत्व सम्हाल्ने उनी तेस्रो भारतीय हुन् ।
यसअघि सुन्दर पिचाई अल्फावेट र यसको सहायक कम्पनी गुगलको सीईओ बनेका थिए । सत्य नडेला पनि माइक्रोसफ्टका सीईओ छन् । दाभुलुरी माइक्रोसफ्टमा २३ वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । सरफेसका लागि प्रोसेसर बनाउन उनले क्वालकम र एएमडीसँग मिलेर पनि काम गरेका थिए ।
गएको वर्ष लामो समयदेखि कम्पनीका प्रडक्ट चिफ रहेका पानोस पनएले एमाजनको जागिरका लागि कम्पनी छाडे । विन्डोज विभागको जिम्मा लिएका मिखाइल पाराखिनले पनि कम्पनी छाडेपछि माइक्रोसफ्टले दुवै विभागको रिक्त पदको जिम्मा दाभुलुरीलाई दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीको चिम्टीमा भीषण आगलागी
-
राजेशपायलले भने– मलाई गाली गर्नुस्, तपाईँको चुलो चाँहि बल्नुपर्यो
-
डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
-
उपनिर्वाचनले कांग्रेसको दम्भलाई अन्त्य गरेको छ : हरिबोल गजुरेल
-
लगानी सम्मेलनमा भारतीय पक्षको सक्रिय सहभागिताको प्रशंसा
-
राजनीतिक परिवर्तनले पनि श्रमिकको हित गर्न सकेन : कमल थापा