माइक्रोसफ्ट विन्डोजको प्रमुख बने पवन दाभुलुरी
बुधबार, १४ चैत २०८०, १४ : २७
क्यालिफोर्निया । आईआईटी मद्रासका पूर्व विद्यार्थी पवन दाभुलुरी माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुख बनेका छन् । ठुला प्रविधि कम्पनीको नेतृत्व सम्हाल्ने उनी तेस्रो भारतीय हुन् ।
यसअघि सुन्दर पिचाई अल्फावेट र यसको सहायक कम्पनी गुगलको सीईओ बनेका थिए । सत्य नडेला पनि माइक्रोसफ्टका सीईओ छन् । दाभुलुरी माइक्रोसफ्टमा २३ वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । सरफेसका लागि प्रोसेसर बनाउन उनले क्वालकम र एएमडीसँग मिलेर पनि काम गरेका थिए ।
गएको वर्ष लामो समयदेखि कम्पनीका प्रडक्ट चिफ रहेका पानोस पनएले एमाजनको जागिरका लागि कम्पनी छाडे । विन्डोज विभागको जिम्मा लिएका मिखाइल पाराखिनले पनि कम्पनी छाडेपछि माइक्रोसफ्टले दुवै विभागको रिक्त पदको जिम्मा दाभुलुरीलाई दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण