दैलेखको छामघाट खोलामा डुबेर एक युवाको मृत्यु
बुधबार, १४ चैत २०८०, १८ : ५०
सुर्खेत । दैलेखको छामघाट खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–३, सालपानीका १९ वर्षीय ज्ञानु तिरुवा रहेका छन् ।
दैलेख प्रहरीका अनुसार बुधबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा ४ जना र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ५ जनाको टोली खटी मृतकको शवलाई पानीबाट बाहिर निकालिएको थियो । अहिले उक्त शव पोष्ट मार्टमको लागि दुल्लु अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण