शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हलबाट नउत्रिँदै शैतानको सिक्वेलको घोषणा

बिहीबार, १५ चैत २०८०, १५ : ४१
बिहीबार, १५ चैत २०८०

नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म मार्च ८ मा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । 

निर्देशक विकास बहलको यो फिल्मलाई दर्शकहरूले निकै रुचाइरहेका छन् । फिल्म अहिलेसम्म पनि हलबाट उत्रिएको छैन । १९ दिनसम्म आइपुग्दा शैतानले १८७ करोड भारुको व्यापार गरेको छ ।

यो फिल्म २०० करोड क्लबमा छिर्ने क्रममा छ । फिल्मको अपार सफलता देखेर अजय देवगन आफै पनि छक्क परेका छन् । फिल्मले यति राम्रो रेस्पोन्स पाउला भनेर आफूले आशै नगरेको अजयले हालै एक अन्तरवार्तामा भनेका थिए । फिल्मको अप्रत्याशित सफलता देखेर अजयले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका छन् । हिन्दुस्तान टाइम्समा छापिएको समाचारका अनुसार फिल्मको सफलतालाई हेरेर यसको दोस्रो भाग पनि बनाउन लागिएको हो ।

फिल्मको बक्स अफिस कलेक्सन देखेर अजय निकै खुसी छन् । फिल्मको सिक्वेल बनाउने प्रक्रिया छिट्टै सुरु हुने बताइएको छ । यसको साथै फिल्म रिलिजको तारिख पनि घोषणा गर्न सकिने खबरहरू आइरहेको छ । 

१९ औँ दिनमा पनि कयौँ फिल्मलाई पछाडि पार्दै शैतान बक्स अफिसमा शीर्ष स्थानमा जमेर बसेको छ । शैतान गुजराती हरर फिल्म ‘वैश’को रिमेक हो । फिल्मको कथा निकै रोचक छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप