हलबाट नउत्रिँदै शैतानको सिक्वेलको घोषणा
नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म मार्च ८ मा रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।
निर्देशक विकास बहलको यो फिल्मलाई दर्शकहरूले निकै रुचाइरहेका छन् । फिल्म अहिलेसम्म पनि हलबाट उत्रिएको छैन । १९ दिनसम्म आइपुग्दा शैतानले १८७ करोड भारुको व्यापार गरेको छ ।
यो फिल्म २०० करोड क्लबमा छिर्ने क्रममा छ । फिल्मको अपार सफलता देखेर अजय देवगन आफै पनि छक्क परेका छन् । फिल्मले यति राम्रो रेस्पोन्स पाउला भनेर आफूले आशै नगरेको अजयले हालै एक अन्तरवार्तामा भनेका थिए । फिल्मको अप्रत्याशित सफलता देखेर अजयले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका छन् । हिन्दुस्तान टाइम्समा छापिएको समाचारका अनुसार फिल्मको सफलतालाई हेरेर यसको दोस्रो भाग पनि बनाउन लागिएको हो ।
फिल्मको बक्स अफिस कलेक्सन देखेर अजय निकै खुसी छन् । फिल्मको सिक्वेल बनाउने प्रक्रिया छिट्टै सुरु हुने बताइएको छ । यसको साथै फिल्म रिलिजको तारिख पनि घोषणा गर्न सकिने खबरहरू आइरहेको छ ।
१९ औँ दिनमा पनि कयौँ फिल्मलाई पछाडि पार्दै शैतान बक्स अफिसमा शीर्ष स्थानमा जमेर बसेको छ । शैतान गुजराती हरर फिल्म ‘वैश’को रिमेक हो । फिल्मको कथा निकै रोचक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण