अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते
बिहीबार, १५ चैत २०८०, १५ : ५३
इलिनोइस । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार दिउँसो भएको घटनामा घाइतेमध्ये एक जनाको अवस्था नाजुक रहेको रकफोर्ड प्रहरीले जानकारी दिएको हो ।
मारिनेमा १५ वर्षीया किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय पुरुष र २२ वर्षीय युवक रहेको प्रहरीको भनाई छ । मारिनेमा एक जना हुलाकका कर्मचारी रहेका छन् ।
घटनाका आरोपित २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । के कारणले आक्रमण गरियो भन्ने अझै खुल्न सकेको छैन । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण