सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा

शुक्रबार, १६ चैत २०८०, २१ : २२
शुक्रबार, १६ चैत २०८०

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो । 

जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे«गानसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एनआरटीका विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको पहिलो हाफको २६ औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए ।

आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारलले जाली चुमेको थियो । पहिलो हाफमा १–० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औं मिनेटमा आफिजले गोल गरी टिमको जित सुनिश्चत गरे । 

डिबक्स भित्र बैकल्पीक खेलाडी सुदिप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडिङ गरेको बललाई आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेर नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो । आर्मीले खेल सुरु भएको ६ मिनेटमा गोल गर्ने अवसर गुमायो । टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले उत्कृष्ट बचाए ।

आर्मीका जिलेस्पी जंग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका किपर गच्छदारले नियन्त्रणमा लिँदै गोल हुनबाट जोगाएका थिए । त्यसलगतै दिनेशले बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । 

१६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्डरलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल गर्न चुेक । ४० औं मिनेटमा जय गुरुङले निकालिदिएको वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले गोल गने अवसर गुमाएका थिए । 

त्यसलगतै उनको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले डिफ्लेक्ट हुँदै बाहिरियो । दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्किए पनि गोलमा परिणत गर्न नसक्दा घर फर्किन बाध्य भयो । ५२ औं मिनेटमा जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले बराबारीमा ल्याउन सकेन ।

६५ औं मिनेटमा एनआरटीका संजीव विष्टले वान भर्सेस वानको प्रहार पोस्ट माथिबाट जाँदा थप गोल गर्ने अवसर खेर फाले ।  ७३ औ मिनेटमा आर्मीका युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो ।

८६ औं मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । हारपछि आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार व्यर्वहनु परेको बताए ।

‘नियमित खेलहरु भइरहेको कारणले हामीले धेरै नयाँ खेलाडीहरु छन् । राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्यो,’ उनले भने । जितपछि एनआरटीका सहायक प्रशिक्षक आशिष थापामगरले खेलाडीको राम्रो टिमवर्क भएकोले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको बताए । ‘केटाहरुले धेरै मेहनत गर्दा नतिजा राम्रो आएको छ,’ उनले भने, ‘क्वाटरफाइनलमा थप नयाँ खेलाडी राख्नेछौं ।’ 

प्लेरअफ द म्याच एनआरटीका आफिज ओलावाले घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शनिबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप