आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)

शनिबार, १७ चैत २०८०, २२ : ४९
शनिबार, १७ चैत २०८०

काठमाडौँ । गीतकार तथा गायक अर्जुन कुँवरले ‘कमिनी’ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।  गायक कुँवरले उक्त गीतमा अन्तरजातीय प्रेम सम्बन्ध र समाजमा कायम जातीय विभेदको विषयलाई गहन ढंगले प्रस्तुत गरेका छन् ।

गीतमा जातीय विभेदविरुद्ध सशक्त ढंगले आवाज उठाइएको छ भने कथित उपल्लो जातका मानिसबाट हुने गरेका अमानवीय व्यवहारलाई  उजागर गरिएको छ । यस्तै जातीय विभेदको मानसिकताकै कारण विभिन्न घटना घटेको विषय पनि गीतमा समेटिएको छ ।

जातकै कारण छन् घटना घटेको
छैन अझै छुवाछुत हटेको
पिरतीको घाँटी रेटिन्छ
दलितसँग भो नाता नजोड
भोलि तिम्रो थरै मेटिन्छ

कुँवरले गीतमार्फत आफूले जात र थर भन्दा पनि मान्छेको सोच बदल्न आवश्यक रहेको सन्देश दिन खोजेको बताए । कुँवरको शब्द संयोजनमा सार्वजनिक गरिएको गीतमा कुँवरका साथसाथै सन्तोष सेन्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।

यस्तै संगीत सन्तोष सेन्चुरी, एरेन्ज महेन्द्र भण्डारी र भिडियो निर्देशन बिनोद भण्डारीले गरेका छन् । गीतको भिडियो कुँवरकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा बिनोद भण्डारी, सारिका केसी, सन्तोष सेन्चुरी र गीता सेञ्चुरीको अभिनय छ ।  

गीतको भिडियोमा बिनोद भण्डारी, सारिका केसी, सन्तोष सेन्चुरी र गीता सेञ्चुरीको अभिनय छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप