गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)
काठमाडौँ । गीतकार तथा गायक अर्जुन कुँवरले ‘कमिनी’ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । गायक कुँवरले उक्त गीतमा अन्तरजातीय प्रेम सम्बन्ध र समाजमा कायम जातीय विभेदको विषयलाई गहन ढंगले प्रस्तुत गरेका छन् ।
गीतमा जातीय विभेदविरुद्ध सशक्त ढंगले आवाज उठाइएको छ भने कथित उपल्लो जातका मानिसबाट हुने गरेका अमानवीय व्यवहारलाई उजागर गरिएको छ । यस्तै जातीय विभेदको मानसिकताकै कारण विभिन्न घटना घटेको विषय पनि गीतमा समेटिएको छ ।
जातकै कारण छन् घटना घटेको
छैन अझै छुवाछुत हटेको
पिरतीको घाँटी रेटिन्छ
दलितसँग भो नाता नजोड
भोलि तिम्रो थरै मेटिन्छ
कुँवरले गीतमार्फत आफूले जात र थर भन्दा पनि मान्छेको सोच बदल्न आवश्यक रहेको सन्देश दिन खोजेको बताए । कुँवरको शब्द संयोजनमा सार्वजनिक गरिएको गीतमा कुँवरका साथसाथै सन्तोष सेन्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।
यस्तै संगीत सन्तोष सेन्चुरी, एरेन्ज महेन्द्र भण्डारी र भिडियो निर्देशन बिनोद भण्डारीले गरेका छन् । गीतको भिडियो कुँवरकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा बिनोद भण्डारी, सारिका केसी, सन्तोष सेन्चुरी र गीता सेञ्चुरीको अभिनय छ ।
गीतको भिडियोमा बिनोद भण्डारी, सारिका केसी, सन्तोष सेन्चुरी र गीता सेञ्चुरीको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण