‘दान्भी’मा यस्तो छ पूजाको गेटअप
सोमबार, १९ चैत २०८०, १३ : २३
काठमाडौँ । आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘दान्भी’ । फिल्मको काठमाडौँमा अहिले गीत र एक्सनको दृश्यको छायाङ्कन भइरहेको छ ।
फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्बिरहरू बाहिरिएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ । तस्बिर फिल्मको पूजाको इन्ट्री दृश्य भएको निर्माण युनिटले जनाएको छ ।
फिल्ममा पूजाको अलवा कुन्साङ बोमजोम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् ।
एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो फिल्म चर्चामा छ । यसैले, यो फिल्मलाई दर्शकले अपेक्षा गरे अनुसार निर्माण गर्ने कसरतमा निर्माण पक्ष लागिरहेको छ । देव मगर र अनुप गडालको लगानी रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण