शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

मङ्गलबार, २० चैत २०८०, ११ : ४५
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेर कारोबारमा आएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३१ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको थियो । हिजो कायम सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३० हजार ५५० रुपैयाँ कायम छ ।

महासंघले आज चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १५ सय ३५ रुपैयाँ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप