सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
मङ्गलबार, २० चैत २०८०, ११ : ४५
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेर कारोबारमा आएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३१ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको थियो । हिजो कायम सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३० हजार ५५० रुपैयाँ कायम छ ।
महासंघले आज चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १५ सय ३५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण