सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकम र सर्वोच्च अदालतबिच सम्झौता

बुधबार, २१ चैत २०८०, २० : ३७
बुधबार, २१ चैत २०८०

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबिच बुधबार सम्झौता सम्पन्न भएको हो । 

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिस्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस सर्भिस उपलब्ध गराउनेछ ।

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप