सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्रषेण आप्रवाह २१ प्रतिशतले बढ्दै ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो

बिहीबार, २२ चैत २०८०, १६ : ५५
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी दिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।

 समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतलेवृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीका ेसंख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो । तुलनात्मक रुपमा यो वर्ष भन्दा अघिल्लो वर्ष विदेशीनेको संख्या बढी भएपनि यता रेमिट्यान्स भने बढेको छ ।  समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप