सहमति नजुट्दा मुख्यमन्त्रीका लागि दाबी प्रक्रिया रोकियो
सुर्खेत। कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति नजुट्दा नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकिएको छ। नेकपा(माओवादी) ले सभामुख र चार वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ।
दिउँसो माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबिच भेट भएको थियो । तर पनि निकास निस्कन सकेन ।
त्यसपछि शर्माले मुख्यमन्त्री निवासमा आफ्नो दलको बैठक राखे । उक्त बैठकमा बृहत् छलफल भई सम्पूर्ण जिम्मेवारी दल नेता शर्मालाई दिने निर्णय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले रातोपाटीलाई जानकारी दिए ।
माओवादीले अड्को थापेपछि आज गर्ने भनिएको मुख्यमन्त्री लागि दाबी पेस गर्ने कार्यक्रम रोकिने भएको छ। एमाले भने पहिला मुख्यमन्त्री नियुक्ति गर्ने काम सकिएपछि बाँकी भागबन्डाको विषयमा छलफल गर्ने पक्षमा थियो तर, माओवादीले पहिला नै टुङ्गो लगाउनुपर्ने बताइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण