मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार मिश्रा काठमाडौँमा सम्मानित

बिहीबार, २२ चैत २०८०, २० : ५०
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । पत्रकार सञ्जय मिश्रा सम्मानित भएका छन्। रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिश्रालाई कदरपत्रबाट सम्मानित गरेका हुन्।

रौतहटमा बसेर सुशासनको क्षेत्रमा कलम चलाउँदै आएको भन्दै नेता नेपालले पत्रकार मिश्रालाई सम्मानित गरेको बताइएको छ । 

पत्रकार मिश्रा पछिल्लो दुई दशकभन्दा बढी समयदेखि रौतहटमा बसेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनले रातोपाटीका लागि समेत रौतहटबाट रिपोर्टिङ गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप