सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोटो र भिडियो शेयर गर्न झनै सजिलो बनाउँदै ह्वाट्सएप

मङ्गलबार, २७ चैत २०८०, १४ : २३
मङ्गलबार, २७ चैत २०८०

वाशिङ्टन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्व रहेको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउँदै छ । ह्वाट्सएपले ल्याउन लागेको यो फिचरलाई लाइब्रेरी बताइएको छ । यसको आगमनपछि ह्वाट्सएपमा कुनै पनि मिडिया फाइल शेयर गर्न सजिलो हुने बताइएको छ ।

एपमा नयाँ अपडेटपछि अट्याच फाइलको बटनमा क्लिक गरेर होल्ड गरेपछि सिधै लाइब्रेरीमा पुग्न सकिनेछ । यहाँबाट युजरले आफूले चाहेको कुनै पनि फाइल छानेर गरेर पठाउन सक्नेछन् । ह्वाट्सएपको यो नयाँ फिचरको जानकारी एपलाई ट्र्याक गर्ने डल्ब्यूएबेटाइन्फोले दिएको हो । रिपोर्टका अनुसार अहिलेसम्म अचाटमेट बटनमा क्लिक गर्नुप‍र्थ्यो ।

तर अब चाहिँ लामो समय बटनलाई थिचेर सिधै फोटो लाइब्रेरीमा जान सकिनेछ । फोटो–भिडियो पठाउँदा समयको बचत हुनेछ । नयाँ फिचर हाल बिटा प्रयोगकर्ताको लागि उपलब्ध छ । यसलाई चाँडै सबै युजरका लागि जारी गरिने बताइएको छ । एउटा नयाँ रिपोर्टमा भने व्हाट्सएपले स्टेटस नोटिफिकेशनमा काम गरिरहेको बताइएको थियो । यो अपडेट जारी भएपछि ह्वाट्सएपमा पनि फेसबुक र इन्स्टाग्राममा जस्तै स्ट्याटसमा अरूलाई ट्याग गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप