सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोनको स्क्रिनमा देखिन्छ यस्तो समस्या, ध्यान दिएन भने मर्मतमा हुन्छ ठुलो खर्च

मङ्गलबार, २७ चैत २०८०, १५ : ४३
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । फोनले राम्रोसँग काम गरिरहेको छ भने काम पनि सजिलै छिटै हुन्छ । अलिकति पनि समस्या आउन थाल्यो भने कामै रोकिन्छ, ढिला हुन्छ । इलेक्ट्रोनिक्स र ग्याजेटहरू कुन बेला के कारणले समस्या आउन सक्छ भनेर बताउन मुस्किल हुन्छ । फोन पनि यस्तै हो । 

एन्ड्रोइड फोनमा स्क्रिन ब्ल्याकआउटको समस्या आउने हामीले कयौँ पटक देखेका छौँ । हामी फोन त चलाइरहेका हुन्छौँ तर अचानक स्क्रिन उडेको जस्तै गरी ब्ल्याकआउट भइदिन्छ ।

यस्तो हुँदा धेरै जना चाँहि फोनमा केही गडबडी भएको पो हो कि ? फोन बनाउन पैसा खर्च पो हुने हो कि भनेर भनेर चिन्तामा पर्छन् । तपाईँको फोनमा पनि यस्तो भएको हुन सक्छ । तर चिन्ता लिनु पर्दैन । फोनको स्क्रिन धेरै कारणले गर्दा ब्ल्याकआउट हुन सक्छ । यस्तो अवस्थामा फोनलाई रिपेयरिङ गर्ने ठाउँमा लागि हाल्नु पर्दैन । घरमै पनि ठिक गर्न सकिन्छ । आजको यस लेखमा हामीहरू फोन ब्ल्याकआउट हुनुको कारणहरूबारे कुराकानी गर्न गइरहेका छौँ ।

एप अपडेट नहुनु:

फोनमा स्क्रिन ब्ल्याकआउटको समस्याको आइरहेको छ भने तपाईंले प्रयोग गरिरहनुभएको एप पुरानो भएको हुन सक्छ । एप अपडेट नगर्दा यस्ता समस्या भोग्नु सामान्य कुरा हो । त्यसैले एपलाई सधैँ प्ले स्टोरबाट अपडेटेड राख्न प्रयास गर्नुहोला ।

ब्याट्रीमा समस्या:

कहिलेकाहीँ ब्याट्रीमा समस्याको कारण पनि यस्तो हुन सक्छ । जब ब्याट्रीको स्वास्थ्य बिग्रन थाल्छ, स्क्रिनमा यस्तो खालको समस्या हुन सक्छ ।

ब्लक गरिएको वेबसाइटः

फोनमा ब्लक गरिएको वेबसाइट खोल्ने प्रयास गर्दा पनि स्क्रिन ब्ल्याकआउट हुन्छ । यो पनि खासै चिन्ता गर्नुपर्ने स्थिति होइन ।

एसडी कार्डः

फोनमा पछि राखिएको स्टोरेज कार्डमा समस्याको कारणले पनि धेरैजसो ब्ल्याकआउटको समस्या देखिन सक्छ । एसडी कार्डका कारण समस्या आएको हो भने एक पटक कार्डलाई झिकेर फेरि हाल्नुस् ।

यी सारा उपायहरू अपनाउँदा पनि ब्ल्याकआउटको समस्या आइरहेको छ भने फोनलाई एक पटक फोनको आधिकारिक सर्भिस सेन्टरमा देखाउनु लैजानुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप