राप्रपाको जनप्रदर्शनमा राज्यले बल प्रयोग गरेको भन्दै कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ गरेको जनप्रदर्शनमा राज्यको तर्फबाट बल प्रयोग गरेको भन्दै दुःख व्यक्त गरेको छ ।
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरी गम्भीर घाइते बनाइएको, केहीलाई पक्राउ गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
घटनाको घोरनिन्दा र भर्त्सना गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरूको बिनासर्त तत्काल रिहाइ गर्न कांग्रेसले माग गरेको छ ।
राप्रपाले मंगलबार काठमाडौँमा प्रदर्शन गरेको थियो । संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित सङ्घीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
-
बेल्जियमले बनायो अग्रता, न्युजिल्यान्ड दबाबमा
-
केप भर्डेले रच्यो इतिहास, साविक विजेता अर्जेन्टिनासँग भेट पक्का
-
‘लज्जावती’ले सार्वजनिक गर्यो कलाकारको क्यारेक्टर लुक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण