बेल्जियमले बनायो अग्रता, न्युजिल्यान्ड दबाबमा
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जी' को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध २८औँ मिनेटमा लियान्द्रो ट्रोसार्डको गोलबाट १-० को अग्रता बनाएको छ।
- कर्नरबाट आएको बल न्युजिल्यान्डका डिफेन्डर टिम पेनको शरीरमा ठोक्किँदै ट्रोसार्डसम्म पुगेपछि उनले शक्तिशाली प्रहार गरी गोल गरेका थिए।
- खेलभर दबाब बनाइरहेको बेल्जियमले आफ्नो वर्चस्वलाई नतिजामा बदल्न सफल भयो, जबकि न्युजिल्यान्डले रक्षात्मक कमजोरीका कारण कठिन अवस्थाको सामना गरिरहेको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध १–० को अग्रता बनाएको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा जारी खेलको २८औँ मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन्।
कर्नरबाट आएको बल न्युजिल्यान्डका डिफेन्डर टिम पेनको शरीरमा ठोक्किँदै ट्रोसार्डसम्म पुगेपछि उनले नजिकैबाट शक्तिशाली प्रहार गर्दै जाली चुमाएका थिए। खेलभर लगातार दबाब बनाइरहेको बेल्जियमले अन्ततः २८औँ मिनेटमा गोल गर्दै आफ्नो वर्चस्वलाई नतिजामा बदल्न सफल भयो।
न्युजिल्यान्डले सुरुआती आधा घण्टामा अपेक्षित प्रदर्शन गर्न नसक्दा लगातार दबाब खेपिरहेको छ। रक्षात्मक कमजोरीका कारण टोली कठिन अवस्थामा पुगेको छ भने बेल्जियमले खेलमा थप गोल गर्ने अवसर पनि सिर्जना गरिरहेको छ।
समूह ‘जी’को अर्को खेलमा इजिप्ट र इरानबीच प्रतिस्पर्धा जारी छ। यी दुई खेलको नतिजाले समूहबाट नकआउट चरणमा पुग्ने टोलीहरूको टुंगो लगाउनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण