मेडिकल काउन्सिलका तत्कालीन रजिस्ट्रारमाथि कारबाही सिफारिस
काठमाडौँ । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले नेपाल मेडिकल काउन्सिलका तत्कालीन रजिष्ट्रारलाई कारबाही सिफारिस गरेको पाइएको छ । विगत ६ वर्षदेखि लुकाएर राखेको उक्त प्रतिवेदनले तत्कालीन रजिष्ट्रार डा. नीलमणि उपाध्यायलाई चिकित्सा सम्बन्धी काम गर्न बाहेक कुनै पनि सरकारी र अर्धसरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति गर्न अयोग्य देखिएकाले नियुक्ति नगर्नुपर्ने सुझाव दिएको पाइएको हो ।
त्यस्तै उनीमाथि एकै समयमा दुई संस्थाबाट तलब खाएकाले भ्रष्टाचारमा अनुसन्धान तहकिकात भई कारबाही गर्नुपर्ने सिफारिस आयोगले गरेको थियो ।
मेडिकल काउन्सिलको ओहदाको धाक र दबाबमा पत्नी डा. सरिता उपाध्यायलाई गण्डकी मेडिकल कलेजको अधिकृतमा नियुक्ति गराई काम नगरी, पूरा हाजिर समेत नगराई तलब खुवाएको भन्दै उनीमाथि समेत कारबाही सिफारिस गरेको थियो ।
काउन्सिलको रजिष्ट्रार जस्तो जिम्मेवार र नियामक निकायको पदाधिकारी रहेकै अवधिमा नेपाली सेनाको सैनिक मेडिकल कलेजमा प्राध्यापक पदमा नियुक्त भई तलब खाएको आयोगको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा नेपाल मेडिकल काउन्सिलबाट पनि मासिक तलब खाएको प्रतिवेदनमा उल्लेख छ ।
काउन्सिलका निर्णय प्रमाणित नगराई कार्यान्वयन गराएको, सिट तोक्न अख्तियारको हस्तक्षेप गराएको, अरू सदस्यलाई अख्तियारको नाममा त्रसित बनाएको, मेडिकल कलेजको निरीक्षणमा मापदण्ड विपरीत काम गरेको भन्दै उपाध्यायमाथि कारबाही सिफारिस गरेको थियो ।
त्यस्तै मेडिकल काउन्सिलका तत्कालीन अध्यक्ष डाक्टर दामोदरप्रसाद गजुरेलमाथि समेत कारबाही सिफारिस गरेको थियो ।
सिट निर्धारण र अन्य विविध पक्षमा गरेको बैठकको निर्णय प्रमाणित नभएको देखिएको भन्दै उनीमाथि कारबाही सिफारिस गरिएको हो ।
मेडिकल कलेजहरूमा धेरै पटक एउटै डाक्टरलाई निरीक्षणमा पठाएको देखिएको प्रतिवेदनमा उल्लेख छ । उनले गरेको कसूरको मात्रा अनुसार ५ वर्षसम्म सरकारी र अर्धसरकारी निकायका नियुक्तिमा रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण