दक्षिण कोरियामा संसदीय निर्वाचन सम्पन्न, जारी मतगणनामा विपक्षी दल अगाडि
दक्षिण कोरिया । दक्षिण कोरियामा संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । देशैभर एक साथ सम्पन्न निर्वाचनमा बहालवाला राष्ट्रपतिको पिपुल्स पावर पार्टी र प्रमुख विपक्षी दल प्रजातान्त्रिक पार्टी (मिन्जुताङ्ग)बिच प्रतिस्पर्धा भएको हो ।
देशभरिबाट ३ सय सिटका लागि निर्वाचन भएको थियो ।
मतदान सकिए लगतै सुरु भएको मतगणनामा हालसम्म विपक्षी मिन्जुताङ्ग पार्टीले स्पष्ट बहुमत भन्दा बढी १६६ सिटमा जित हासिल गरिसकेको समाचारमा जनाइएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको पिपुल्स पावर पार्टीले ११६ स्थानमा जित हात पारेको जनाइएको छ ।
मत गणना अझै जारी रहेको र पूरा नतिजा रातभरिमा आइसक्ने जनाइएको छ । यस नतिजाले बहाल वाला राष्ट्रपति युन सक यलको अग्नि परीक्षा सुरु हुने ठानिएको छ । युन राष्ट्रपति मज्दुर र आप्रवासीहरूका लागि अनुदार मानिन्छन् । उनले आफ्नो दुई वर्षे कार्यकालमा मजदुरको पारिश्रमिक अपेक्षाकृत रूपमा बढाउने सदाशयता देखाउन सकेका छैनन् ।
मिन्जुताङ्ग नेपाल र नेपालीलाई असाध्य माया गर्ने पूर्व राष्ट्रपति मुन जे इन समर्थित पार्टी हो भने यस पार्टीबाट प्रत्याशित भावी राष्ट्रपतिका रूपमा नेता लि जे म्यङ्गलाई मानिन्छ ।
दक्षिण कोरियामा इपीएस भिसा र बाँकी अन्य विविध भिसामा गरेर करिब एक लाख नेपाली रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण