बेरोजगारलाई रोजगारी दिन गण्डकी सरकारले रोजगार मेला गर्ने
पोखरा । बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर रोजगार मेला गर्ने भएको छ । वैशाख १० गतेदेखि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना गर्न लागिएको सरकारले जनाएको छ । मेला पोखरा सभागृहमा ३ दिनसम्म चल्नेछ ।
मेला कामदार र रोजगारदाताबिचको मिलनका रूपमा चलाइने प्रचार संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । ‘बेरोजगारलाई रोजगारी दिने र रोजगारदातालाई कामदार खोज्ने साझा थलो हो,’ उनले भने, ‘कम्तीमा ३ सय व्यक्तिले रोजगारी पाउने अपेक्षा छ ।’ रोजगारीसँगै वृत्ति परामर्शको काम पनि मेलामा हुनेछ ।
शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध गराइने आचार्यले बताए । गण्डकी क्षेत्रमा सबैभन्दा बढी पर्यटनमा काम गर्ने दक्ष कामदारको अभाव रहेको सरकारले जनाएको छ । गाडी चालकदेखि गाइडसम्मको खोजी रहेको आचार्यले बताए ।
मेलामा कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ईक्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण व्यवसाय, आइटी व्यवसाय, मुद्रण व्यवसाय, अटो मोवाइल्स, अडिटर एसोसियसन, बैंक तथा वित्तीय संस्था, घरेलु तथा साना उद्योग, नव उद्यमी व्यवसाय, नव प्रवर्तनात्मक अभ्यास, विद्यालय क्याम्पस, विश्वविद्यालय, तालिम तथा रोजगारदाता संस्थाहरू लगायतले स्टल राख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण