न्यूयोर्कमा नेपाली मूलका व्यवसायीको नयाँ संगठन
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् ।
न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरू संलग्न रहेको यो संस्थामा ७४ वटा व्यावसायिक कम्पनी आबद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारण सभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूयोर्कमा गरिएको कार्यक्रममा संस्थाको कार्यसमितिसहित आधिकारिक घोषणा गरिएको हो ।
समितिमा छेपाक दोर्जे गुरुङ, छिरिङ गुरुङ, डा. सुलोचना गुरुङ, दीपक श्रेष्ठ, नेभिन क्षेत्री र निश्चल बास्कोटा सदस्य रहेका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि एवं राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा भएको घोषणा सभामा नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, न्युयोर्क राज्य एसेम्बली मेम्बर स्टिभेन रागा, क्विन्स बोरो डेपुटि प्रेसिडेन्ट ईबोनि योंग, न्युयोर्क सिटी मेयर अफिस स्मल विजिनेश सर्भिसका डेपुटि डाइरेक्टर हरिस खान, सुप्रिम कोर्ट जज कासान्द्रा जोनसनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदानसहितको घोषणासभामा चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले न्यूयोर्क आसपासमा रहेका नेपाली मूलका व्यवसायीहरूले भोग्नु परेको समस्यालाई सङ्गठित ढङ्गले हल गर्न संस्था गठन गरिएको बताए । उनले यो आसपासमा एक हजार भन्दा बढी नेपाली मूलका व्यवसायीहरू रहेको भन्दै सबैलाई संस्थामा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।
त्यस्तै प्रमुख अतिथि राजदूत थापाले नेपालमा लगानीको वातावरण बनेको भन्दै यहाँको सिप र लगानीलाई नेपालमा विस्तार गर्न आग्रह गर्नु भयो । उहाँले आसन्न लगानी सम्मेलनमा सहभागि हुन आग्रह गर्दै व्यवसायीहरूलाई जस्तो सुकै सहयोग गर्न पनि नेपाल सरकार तयार रहेको जानकारी दिनुभयो ।
करिब दुई वर्षको अनौपचारिक छलफल र कानुनी प्रक्रिया पूरा गरी गत मार्च २४, २०२४ मा संस्थाले पहिलो साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आठ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा अमित प्रताप शाह, ग्याल्जेन नुरु शेर्पा, खगेन्द्र जिसी, मनिता देवी गुरुङ, नवराज केसी, पासाङ नुरु शेर्पा, समीर महर्जन र उर्गेन शेर्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण