भीमाको शव अझै अस्पतालमै, क्षतिपूर्ति नदिने अडान
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा अप्रेसनको क्रममा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको शव अझै अस्पतालमा रहेको छ ।
पाठेघर सफा गर्ने क्रममा डाक्टरहरूको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरूले अझै शव बुझ्न नमानेपछि शव अस्पतालमै रहेको हो ।
भीमाको मृत्यु बिहीबार दिउँसो तीन बजे भएको थियो । भीमाको ७ महिने छोरी छिन् । सामान्य पेट दुखेको भन्दै हिँडेरै अस्पताल पुगेकी उनको डाक्टरहरूको लापरबाहीले नै मृत्यु भएको भन्दै आफन्तहरूले क्षतिपूर्तिको माग गरेका छन् ।
उनका जेठाजु हर्कबहादुर बलामीका अनुसार ७ महिने शिशुको भविष्यको ग्यारेन्टी हुनुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने माग आफूहरूको रहे पनि अस्पतालले सुनुवाइ नगरको बताए ।
आफन्तहरूले क्षतिपूर्तिको माग राख्दै सोमबारसम्म आन्दोलन गरिरहेका थिए ।
सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय सुर्खेतमा अस्पताल प्रशासन, सुरक्षा निकाय, पीडित परिवार र सामाजिक विकास मन्त्रालयका सचिव समेत सहभागी भई वृहत् छलफल भएको थियो । तर, उक्त छलफलमा अस्पतालका निर्देशक डा. डम्बर खड्काले अस्पतालले कुनै क्षतिपूर्ति दिन नसक्ने बताएका थिए । ‘हामीसँग केही स्रोत पनि हुँदैन, यो सरकारी अस्पताल हो,’खड्काले त्यहाँ भने ।
छलफलबाट कुनै टुङ्गो नलागेपछि शव अझै पनि अस्पतालमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण