भीमाको शव अझै अस्पतालमै, क्षतिपूर्ति नदिने अडान
_nFCeJs9Spr.webp)
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा अप्रेसनको क्रममा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको शव अझै अस्पतालमा रहेको छ ।
पाठेघर सफा गर्ने क्रममा डाक्टरहरूको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरूले अझै शव बुझ्न नमानेपछि शव अस्पतालमै रहेको हो ।
भीमाको मृत्यु बिहीबार दिउँसो तीन बजे भएको थियो । भीमाको ७ महिने छोरी छिन् । सामान्य पेट दुखेको भन्दै हिँडेरै अस्पताल पुगेकी उनको डाक्टरहरूको लापरबाहीले नै मृत्यु भएको भन्दै आफन्तहरूले क्षतिपूर्तिको माग गरेका छन् ।
उनका जेठाजु हर्कबहादुर बलामीका अनुसार ७ महिने शिशुको भविष्यको ग्यारेन्टी हुनुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने माग आफूहरूको रहे पनि अस्पतालले सुनुवाइ नगरको बताए ।
आफन्तहरूले क्षतिपूर्तिको माग राख्दै सोमबारसम्म आन्दोलन गरिरहेका थिए ।
सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय सुर्खेतमा अस्पताल प्रशासन, सुरक्षा निकाय, पीडित परिवार र सामाजिक विकास मन्त्रालयका सचिव समेत सहभागी भई वृहत् छलफल भएको थियो । तर, उक्त छलफलमा अस्पतालका निर्देशक डा. डम्बर खड्काले अस्पतालले कुनै क्षतिपूर्ति दिन नसक्ने बताएका थिए । ‘हामीसँग केही स्रोत पनि हुँदैन, यो सरकारी अस्पताल हो,’खड्काले त्यहाँ भने ।
छलफलबाट कुनै टुङ्गो नलागेपछि शव अझै पनि अस्पतालमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
-
पाकिस्तानी हवाई क्षेत्र छलेर प्रमुख हवाई सेवा कम्पनी जहाज उडाउँदै
-
बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउन सिफारिस
-
अन्तर्राष्ट्रिय वित्त निगमको नेपाल आवासीय प्रतिनिधिमा रत्निजा अरन्दरा नियुक्त
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव
-
तालिकाको पहिलो स्थानमा उक्लने लक्ष्यसहित भिड्दै मुम्बई र गुजरात