सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पतञ्जलिको विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो

मङ्गलबार, ०४ वैशाख २०८१, १६ : ०३
मङ्गलबार, ०४ वैशाख २०८१

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलिको भ्रामक विज्ञापनसम्बन्धी मुद्दाको सुनुवाइ अप्रिल २३ सम्मका लागि स्थगित गरेको छ ।

 मंगलबार वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले सर्वोच्च अदालतमा रामदेवले सार्वजनिक रूपमा माफी माग्न तयार रहेको बताएका थिए । यस मामिलामा रामदेव र पतञ्जलि आयुर्वेदका प्रबन्ध निर्देशक बालकृष्णले के भन्न चाहन्छन् भन्ने आफूले जान्न चाहेको न्यायाधीश हिमा कोहलीले भनेकी थिइन् ।

 दुवैलाई अगाडि आउन उनले आग्रह गरेकी छिन् । यस मामिलासम्बन्धी सुनवाइलाई २३ अप्रिलका लागि स्थगित गरेको अदालतले बताएको छ । अर्को सुनवाइमा पनि रामदेव र बालकृष्ण अदालतमा उपस्थित हुनुपर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप