इरानले चीनलाई भन्यो- 'हामी संयम अपनाउन चाहन्छौं...'
मङ्गलबार, ०४ वैशाख २०८१, १८ : ०३
तेहरान । चिनियाँ विदेशमन्त्री वाङ यीले हिजो राति इरानी विदेशमन्त्रीसँग वार्ता गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यस दौरान इरानले इजरायलमा आक्रमण गरेपछि अब ‘संयम अपनाउन चाहेको’ जिकिर गरेको छ ।
फोन वार्ताका क्रममा इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले वाङ यीलाई ‘तनाव बढाउने इरानको मनसाय नभएको’ र स्थिति ‘अत्यन्तै संवेदनशील’ रहेको बताए। सिन्ह्वाका अनुसार वाङले भने, ‘म विश्वस्त छु कि इरानले आफ्नो सार्वभौमसत्ता र सम्मानको रक्षा गर्दै यस क्षेत्रको सङ्कटलाई थप बढ्नबाट रोक्नेछ।’
यता इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अब्दुल्लाहियानले वाङलाई इरानको ‘वैध कारबाही’ बारे जानकारी दिएको बताइएको छ । साथै इरानको हित वा सुरक्षामा थप आक्रमण भएमा निर्णायक, द्रुत र व्यापक प्रतिक्रिया दिइने अमेरिकालाई चेतावनी पनि दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण