इरानले चीनलाई भन्यो- 'हामी संयम अपनाउन चाहन्छौं...'
मङ्गलबार, ०४ वैशाख २०८१, १८ : ०३

तेहरान । चिनियाँ विदेशमन्त्री वाङ यीले हिजो राति इरानी विदेशमन्त्रीसँग वार्ता गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यस दौरान इरानले इजरायलमा आक्रमण गरेपछि अब ‘संयम अपनाउन चाहेको’ जिकिर गरेको छ ।
फोन वार्ताका क्रममा इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियानले वाङ यीलाई ‘तनाव बढाउने इरानको मनसाय नभएको’ र स्थिति ‘अत्यन्तै संवेदनशील’ रहेको बताए। सिन्ह्वाका अनुसार वाङले भने, ‘म विश्वस्त छु कि इरानले आफ्नो सार्वभौमसत्ता र सम्मानको रक्षा गर्दै यस क्षेत्रको सङ्कटलाई थप बढ्नबाट रोक्नेछ।’
यता इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अब्दुल्लाहियानले वाङलाई इरानको ‘वैध कारबाही’ बारे जानकारी दिएको बताइएको छ । साथै इरानको हित वा सुरक्षामा थप आक्रमण भएमा निर्णायक, द्रुत र व्यापक प्रतिक्रिया दिइने अमेरिकालाई चेतावनी पनि दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार