मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटीमा भोलिदेखि  ‘उथलपुथल’

मङ्गलबार, ०४ वैशाख २०८१, १८ : ०८
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कले भोलि (वैशाख ५) देखि रातोपाटी टीभीमार्फत हरेक बुधवार साँझ ६ बजे ‘उथलपुथल’ कार्यक्रम ल्याउने भएको छ ।

गहिरो अनुसन्धान गरी विश्वमा भएका राजनीतिक आन्दोलन र सङ्घर्षका कथाहरू समेटिएको २० देखि ३० मिनेट अवधिको यस कार्यक्रमलाई आकर्षक ढङ्गले निर्माण गरिएको छ । 

सकेसम्म धेरै ग्राफिक्स प्रयोग गरी कार्यक्रमलाई आकर्षक र रोचक बनाइएको छ । उत्कृष्ट स्क्रिप्ट, टेलिभिजनमा परिचित होस्टका कारण कार्यक्रम राजनीतिमा प्रत्यक्ष चासो राख्ने विभिन्न पार्टीका करिब ४० लाख सदस्यहरू र नेपालबाहिर रहेका नेपालीका लागि रुचिकर हुने विश्वास नेटवर्कले गरेको छ ।

उथलपुथलकारी सङ्घर्ष सम्बन्धी राजनीतिक कार्यक्रम भिडियो शृङ्खलामा विश्व क्रान्तिको इतिहास खोतल्ने प्रयास गरिएको छ । राजनीतिक, आर्थिक, सामाजिक र सैन्यपुरमा परिवर्तनशील विश्वलाई देखाउने र बुझाउन यो कार्यक्रम ल्याइएको नेटवर्कले जनाएको छ ।

‘हामीले रोममा दासहरूले गरेको इतिहासकै पहिलो विद्रोह, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, राजालाई फाँसी दिने बेलायती क्रान्ति, रुसको अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलगायत विश्व राजनीति इतिहासका महत्त्वपूर्ण १२ वटा ठुला क्रान्ति र सङ्घर्षहरूको नालीबेली बताउने छौँ’ नेटवर्कले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप