उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुन्छ : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पछिल्ला केही महिनादेखि उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङले उद्योगीहरू थप मर्माहत भएको बताए । उनले एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको र अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमा १६ घण्टासम्म लोडसेडिङ गराउने काम भइरहेको बताए । उनले सरकारको यो कस्तो नीति हो ? भन्दै प्रश्न गरे ।
अध्यक्ष अग्रवालले विद्युत् प्राधिकरणले अहिले विद्युत् आयात गर्दा महँगो पर्ने भनिरहेको भन्दै केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भएपनि विद्युत् उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने बताए । उनले महँगो दरमा आयात गरेर भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन माग गरे । उनले समग्र बजारमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको बताए ।
अध्यक्ष अग्रवालले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन नदिँदा देशभित्र रोजगारका अवसर सिर्जना हुन नसकेको बताए । उनले अर्थतन्त्रमा चौतर्फी चुनौती र समस्या रहेको बताए । चुनौती र समस्या समाधानका लागि ठुलो शल्यक्रियाको खाँचो भएपनि मल्हमपट्टी गरेर शिथिल अर्थतन्त्र उकास्ने सोच्ने काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित