मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

प्रतिपक्षको बहिस्कार
मङ्गलबार, ०४ वैशाख २०८१, २० : ४८
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ सांसदको विश्वासको मत पाएका हुन् । 

प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन् ।

तर, प्रदेशसभाको बैठक लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न सभामुख चुकेको भन्दै कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिस्कार गरेका थिए । त्यसअघि ती दलका सांसद सदनमा तोडफोडमा समेत उत्रिएका थिए । 

राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै विपक्षी सांसदले लफडा निकालेका थिए । 

सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुन विश्वासको मत लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप