मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनादेखि लमजुङ क्याम्पसको पठनपाठन ठप्प

बुधबार, ०५ वैशाख २०८१, १० : ४३
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विगत दुई महिनादेखि पठनपाठन ठप्प भएको छ । विद्यार्थी सङ्गठनहरूको आन्दोलनका कारण लमजुङ क्याम्पसमा  सम्पूर्ण शैक्षिक गतिविधिहरू अवरुद्ध बनेको हो ।

गत माघ  २७ गते लमजुङ क्याम्पसको पुरुष छात्रावासमा नेविसंघ र अनेरास्ववियुबिच झडप हुँदा सोही क्याम्पसका उपप्राध्यापक अमित खनालसहित १५ जना विद्यार्थी घाइते भएका थिए । उक्त घटनापछि असुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले क्याम्पसमा पठनपाठन बन्द गरेको थियो ।  

घटनापछि २०८० साल फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा क्याम्पस प्रशासनले विगतका निर्णय पूर्ण रुपमा पालना गर्ने निर्णय गरेको थियो । निर्णय पश्चात पनि क्याम्पस प्रशासनले निर्णय कार्यान्वयन गर्न चासो नदिएको पूर्व विद्यार्थी सागर खड्काले आरोप लगाएका छन् । 

‘घटनामा संलग्न विद्यार्थीहरूलाई क्याम्पस  प्रशासनले छानबिन समिति बनाई  त्रिवि नियामावली अनुसार दोषी उपर कारबाही गर्ने निर्णय गरेको थियो । आफूलाई कारबाही गर्ने निर्णय चित्त नबुझेको भन्दै नेविसंघका विद्यार्थीहरूले चैत्र १६ गते देखि क्याम्पसमा तालाबन्दी गरेका छन्’, उनले भने, ‘प्रशासनले उक्त निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध नरहेको र तालाबन्दी गर्ने  सम्बन्धित सङ्गठनले पनि अहिलेसम्म पनि तालाबन्दी खोल्ने केही सुरसार नगरेकाले  विद्यार्थीहरूको पठनपाठनमा मात्र नभएर मानसिकतामा पनि प्रत्यक्ष असर पुगेका छ।’

लामो समयसम्म क्याम्पसमा पठनपाठन सुचारु नहुँदा पनि क्याम्पस प्रशासनले कुनै निर्णय लिन सकेको छैन ।

lll

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप