मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

दुई रन बनाउँदै पेभेलियन फर्किए आसिफ शेख

बुधबार, ०५ वैशाख २०८१, १५ : २३
बुधबार, ०५ वैशाख २०८१

 काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी केवल दुई रन बनाउँदै आउट भएका हुन् । उनलाई साउदी अरेबियाका बलर उसमान नजिबले उसमान खालिदद्वारा क्याच गराएका हुन् । दोस्रो ओभरको दोस्रो बलमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेख आउट हुँदा नेपालले पाँच रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप