मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप क्रिकेट

दुई रनमै आउट भए कुशल मल्ल पनि

बुधबार, ०५ वैशाख २०८१, १५ : २९
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो । उनी पाँच बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर ईस्तिक अहमदले बोल्ड गरेका हुन् । तेस्रो ओभरको दोस्रो बलमा कुशल मल्ल आउट हुँदा नेपालले १५ रनमात्र बनाउन सकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप